Main News

नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजाने उपप्रधानमन्त्री महतोको दाबी

हिमालय टिभी
२०७८ जेठ २२ गते ७:३७
नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजाने उपप्रधानमन्त्री महतोको दाबी

२२ जेठ २०७८ काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले मन्त्री भएको दिन विवादास्पद् अभिव्यक्ति दिनुभएको छ ।

अब नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजानका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भन्दै मन्त्री महतोले विवादाष्पद अभिव्यक्ति दिनु भएको हो ।

बहुल राष्ट्रिय राज्यको बहस पहिलो र दोश्रो संविधानसभाबाट असान्दर्भिक भैइसकेको विषय हो । उहाँले जनता समाजवादी पार्टीले उठाउँदै आएको पहिचानको माग र मुद्दा पूरा गराउनका लागि सरकारमा सहभागी भएको बताउनु भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा १० जनाको टोलीसहित सहभागी भएको छ ।

जसपा नेतृत्व सत्ता समीकरणमा विभाजित हुँदा पार्टी पनि विभाजनको डिलमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *