Main News

पत्रकारको सीप परीक्षणका लागि आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २१ गते १८:४४
पत्रकारको सीप परीक्षणका लागि आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । सरकारले पत्रकारको सीप परीक्षणका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारको दक्षता, क्षमता अभिवृद्धि तथा सीप परीक्षण गर्नका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन हुने बताउनुभयो ।

यसका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो ।

मन्त्री गुरुङले प्रतिष्ठानका लागि सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर कामसमेत अगाडी बढाइसकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *