Main News

महतोको नेतृत्वमा जसपा सरकारमा, कस्ले पाए कुन मन्त्रालय ?

हिमालय टिभी
२०७८ जेठ २१ गते १७:५३
महतोको नेतृत्वमा जसपा सरकारमा, कस्ले पाए कुन मन्त्रालय ?

२१ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ ।

नयाँ मन्त्रीहरुको शपथ साँझ ६ः३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ । जनता समाजवादी पार्टी ९जसपा० नेपाल महन्थ ठाकुर पक्षीय नेताहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

आज शपथ हुने निश्चित् भएपनि साँझ अबेर हुनसक्ने प्रेस सल्लाहकार थापाले बताउनुभयो । जसपा नेता लक्षणलाल कर्णकाअनुसार जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्रीगरी १० जनाले आज शपथ लिने तयारी भएको छ । राष्ट्रपति कार्यालयबाट ६ः३० बजेका लागि शपथको खवर आफूहरुलाई आएको उहाँले जानकारी दिनुभयो ।

जसपाले वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

नेता कर्णकाअनुसार महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास, शरतसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिलकुमार झा खानेपानी मन्त्रालय, लक्षणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय दिने सहमति बनेको छ ।

त्यस्तै, दुई राज्यमन्त्रीमा रेणुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक र चन्द्रकान्त चौधरीलाई उर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी दिने तय भएको छ । नेता कर्णकाअनुसार पार्टीको निर्णयअनुसार आफूहरु सरकारमा जाने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *