Main News

कोरोनाको तेस्रो र चौथो लहरको चेतावनी, २० प्रतिशत बेड बालबालिकाका लागि छुट्याउन निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २१ गते १७:१४
कोरोनाको तेस्रो र चौथो लहरको चेतावनी, २० प्रतिशत बेड बालबालिकाका लागि छुट्याउन निर्देशन (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्याधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ ।

नेपालमा तेस्रो र चौथो लहर आउदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शय्या बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *