Main News

जसपा महन्थ ठाकुर समूह आज सरकारमा जाँदै, आजै मन्त्रीहरुको शपथ

हिमालय टिभी
२०७८ जेठ २१ गते १७:०७
जसपा महन्थ ठाकुर समूह आज सरकारमा जाँदै, आजै मन्त्रीहरुको शपथ

२१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्ष आज ओली सरकारमा जाने भएको छ ।

बेलुकी साढे ६ बजे शपथको तयारी भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा जानुहुनेछ ।

यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुनेछन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ ।

राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । यसका लागि अहिले पनि प्रधानमन्त्री केप शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुर छलफलमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *