Main News

कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु, ६६५३ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ २१ गते १७:०२
कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु, ६६५३ जना संक्रमित थपिए

२१ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ सय १ जनाको मृत्यु भएको छ । ६ हजार ६ सय ५३ संक्रमित थपिएका छन् ।

केही दिनयता संक्रमण कम भएको बताइएको थियो । तर सरकारले एन्टिजेन परीक्षण बढाएपछि नयाँ संक्रमितको संख्या बढी देखिएको हो ।

पछिल्लो पटक १४ हजार १ सय ८२ पीसीआर परीक्षण गर्दा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण गर्दा २०२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एन्टिजेन परीक्षणमा यति धेरै संक्रमित भेटिएको पहिलो हो । थपिएका संक्रमित मध्ये साढे १३ सय भन्दा बढी काठमाडौं उपत्यकामा छन् । ति मध्ये काठमाडौंमा ८ सय ९७, ललितपुरमा २ सय ९९ र भक्तपुरमा १ सय ८८ जना संक्रमित थपिएका छन् ।

यस्तै थप १ सय १ जनाको मृत्यु भएपछि संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ७ सय ३१ पुगेको छ । पछिल्लो पटक ८ हजार ६ सय ६३ जना संक्रमण मुक्त भएका छन् ।

अब सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ मा झरेको छ । १४ सय २२ जनाको आइसीयु र ४ सय ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । भेन्टिलेटरमा जानेको संख्या बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *