Main News

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

हिमालय टिभी
२०७८ जेठ २१ गते १६:४१
नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

२१ जेठ २०७८ काठमाडौं । नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहनुभएको छ ।

वरिष्ठताका आधारमा न्यायाधीश विश्वम्भर श्रेष्ठ रहनु पर्ने भए पनि उहाँ अस्वस्थ रहेका कारण ईश्वरप्रसाद खतिवडालाई ल्याइएको हो । यसअघि संसद विघटनको मुद्दामा ‘चुज एण्ड पिक’को आधारमा इजलास गठन गरिएको भन्दै आलोचना भएको थियो ।

त्यसैले प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा पहिलोपटक संवैधानिक इजलास गठन गर्नुभएको हो । आज संवैधानिक इजलासमा नागरिकता विधेयकसम्बन्धी रिटमा सुनुवाइ शुरु भएको छ । इजलासले अर्को सुनुवाइ २७ गते गर्नेगरी मुद्धा हेर्दाहेर्दैमा राखेको छ ।

नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *