Main News

सांसद पदबाट हटाइएका थापा सर्वोच्चको शरणमा

हिमालय टिभी
२०७८ जेठ २१ गते १५:१३
सांसद पदबाट हटाइएका थापा सर्वोच्चको शरणमा

२१ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशका सांसदबाट हटाइएका जनमोर्चाका नेता कृष्ण थापा सर्वोच्च अदालतमा जानुभएको छ ।

आफूलाई सांसदबाट हटाइएकोमा आपत्ति जनाउँदै थापाले आज सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गर्नुभएको छ ।

संसदीय दलको बैठक नबसी हटाएको भन्ने थापाको तर्क छ । थापालाई पार्टीको केन्द्रीय समिति बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाएको थियो ।

यसअघि थापालाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाट समेत हटाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *