जसपा ठाकुर समूह ओली सरकारमा सहभागी हुने तयारीसँगै प्रदेश २ मा हलचल

२१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने तयारीसँगै प्रदेश २ मा पनि हलचल भएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट ठाकुर पक्षका मन्त्रीलाई निकाल्ने तयारी गर्नुभएको छ ।
उहाँले कांग्रेससँग मिलेर सरकार चलाउने योजना बनाउनुभएको छ । यसैक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले आज नेपाली कांग्रेससँग मिलेर सरकार चलाउन प्रस्ताव गर्नुभएको छ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गर्नुभएको हो ।
यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले जानकारी दिनुभयो ।
यादवको प्रस्तावलाई उपसभापति निधिले सकारात्मक रुपमा लिने र थप छलफल गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । तीन वर्ष जसपाले नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन निधिले आग्रह गर्नुभएको बताइएको छ ।
१०७ सदस्यीय प्रदेशसभामा जसपाका ५५ सांसद छन् । तिमध्ये यादव पक्षमा ३० भन्दा बढी सांसद छन् ।
प्रतिक्रिया