Main News

ढुंगा, बालुवा, गिटी भारत निकासी गर्ने योजना ठिक भएको जसपा ठाकुर समूहको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २१ गते १४:२५
ढुंगा, बालुवा, गिटी भारत निकासी गर्ने योजना ठिक भएको जसपा ठाकुर समूहको दाबी (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले ढुंगा, गिट्टी र बालुवा भारत निकासी गर्ने सरकारको योजना ठीक रहेको दावी गरेको छ ।

सबै जसो राजनीतिक दल र पर्यावरण विज्ञले विरोध गरिरहेका बेला जसपाको ठाकुर पक्ष सरकारको बचाउमा उत्रिएको हो ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै जसपाका नेता लक्ष्मणलाल कर्णले नेपाललाई पुर्याएर ढुंगा, गिट्टी र बालुवा भारत निकासी गरे व्यापार घाटा कम हुने दावी गर्नुभयो ।

ढुंगा, गिट्टी बालुवा उत्खनन र चुरे संरक्षण अलग विषय भएको कर्णको तर्क छ । व्यवस्थित ढंगले ढुंगा, गिट्टी र बालुवा उत्खनन नगरे मधेश डुबानमा पर्ने पनि कर्णले दावी गर्नुभयो ।

केही विज्ञले विरोध गरेकोमा कर्णले आपत्ति जनाउनुभयो । नेपालबाट के निकासी गर्ने हो भनेर पनि उहाँले विज्ञलाई प्रश्न गर्नुभएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ढुंगा, गिट्टी बालुवा भारत निकासी खुल्ला गर्ने योजना ल्याएपछि सर्वत्र विरोध भैरहेको छ ।

जसपाको उपेन्द्र यादव समूहले समेत यसको विरोध गरेको छ । तर जसपाकै महन्थ ठाकुर पक्ष भने अरु विषयमा जस्तै यसमा पनि ओली सरकारका पक्षमा उभिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *