Main News

बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १९ गते १९:२३
बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन थालेको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री वसन्तकुमार नेम्बाङले बजेटमा भौतिक पूर्वाधार निर्माण क्षेत्रलाई विशेष प्राथमिकता दिएकाले योजना समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया थालेको जानकारी दिनुभयो ।

बजेटले राष्ट्रिय महत्वका र राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना समेटेको भन्दै कार्यान्वयनका लागि कार्यतालिका बनाएर अर्थ मन्त्रालयमा पेश गरिसकेको जानकारी दिनुभयो ।

बजेट कार्यान्वयन गर्ने निकायको क्षमतामा भरपर्ने भन्दै उहाँले भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत नै आवश्यक कार्यालय र जनशक्तिको अभाव भएकाले त्यसको व्यवस्थापनपनि बजेटबाट व्यवस्था गरिएको बताउनुभयो ।

यसले बजेट कार्यान्वयनका लागि प्रभावकारी काम गर्न सहयोग पुर्याउने उहाँको दावी छ । बजेटले पूर्व–पश्चिम राजमार्ग, उत्तर(दक्षिण करिडोर, रेल, मेट्रो रेल, सुरुङ मार्ग, फ्लाइ ओभर लगायतका महत्वपूर्ण आयोजनालाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

संघीय राजधानीको चक्रपथ, नागढुंगा सुरुङमार्ग निर्माणका लागि पनि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार तराईका १८ जिल्ला जोडिएका र छिमेकी मुलुक भारतसम्म जोडिने औद्योगिक करिडोरका लागि पनि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

नागढुंगा बाहेकका अन्य तीनवटा सुरुङमार्ग बनाउन पनि बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । चीनको सीमासम्म जोड्ने विभिन्न आयोजनाका लागि पनि बजेट विनियोजन गरीएको छ ।

जनकपुर जयनगर रेल सञ्चालनका लागि आवश्यक बजेट तथा कर्मचारीको व्यवस्थापन भइसकेको भन्दै उहाँले निषेधाज्ञा सकिएपछि कार्यान्वयन हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *