चुरे क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्धः अर्थ मन्त्रालय
१९ जेठ २०७८ काठमाडौं । निर्माण सामग्री निकासी गर्ने निर्णयको चर्को विरोध हुन थालेपछि अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षण गर्न प्रतिबद्ध रहेको प्रष्टिकरण दिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यद्वारा जारी गरिएको विज्ञप्तीमा चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको उल्लेख छ ।
बजेट वक्तव्यमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम चुरे–भावर–शिवालिक र नदीप्रणाली बाहेकका उपयुक्त क्षेत्रमा खानी उत्खनन् गर्ने योजना रहेको समेत मन्त्रालयको दाबी छ ।
चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा लगायत निर्माण सामग्रीको दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म भएको अर्थ मन्त्रालयको दाबी छ ।
सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालासँग छलफलपछि वातावरण र जीविकामा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया