युनिलिभर नेपालले हिमाल सफाई अभियानमा नेपाली सेनासँग सहकार्य गर्ने
१८ जेठ २०७८ काठमाडौं । युनिलिभर नेपालले ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग सहकार्य गरेको छ ।
नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा भएको कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सन्देश पठाइ विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउने पहल गर्ने बताउनु भएको छ ।
उहाँले आउँदा दिनमा यस्ता कार्यक्रममा निरन्तर सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । जथाभावी फोहर फालिँदा त्यसले वन्यजन्तुको असमायिक मृत्युको कारक बनेको र त्यसले हिमालको सुन्दरतालाई नष्ट पारिरहेको मुखर्जीको भनाई छ ।
नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमालय श्रृङ्खला सफा राख्ने पहलमा साथ दिएकोमा युनिलिभरको प्रशंसा गर्नुभयो ।
हिमाल सफाइ अभियानअन्तर्गत धौलागिरि हिमालबाट ५ हजार २० किलो फोहोर संकलन गरिएको छ ।
प्रतिक्रिया