Main News

थप १सय १ जना कोरोना संक्रमितको मृत्यु, ५ हजार ३ सय १६ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ १९ गते १६:३४
थप १सय १ जना कोरोना संक्रमितको मृत्यु, ५ हजार ३ सय १६ संक्रमित थपिए

१८ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण केही कम भएको छ । केहिदिनयता नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ५ पीसीआर परीक्षणमा ४ हजार ५ सय २४ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा ७ सय ९२ संक्रमित पहिचान भएका हुन् ।

यी मध्ये काठमाडौं उपत्यकामा १४ सय ५६ जना छन् । काठमाडौंमा ९ सय ६९, ललितपुरमा ३ सय ६ र भक्तपुरमा १८१ जना संक्रमित थपिएका छन् । संक्रमण केही कम भए पनि मृत्यु भने उस्तै छ ।

पछिल्लो पटक थप १ सय १ जनाको संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो पटक ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन् । अब सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ९ सय ९३ मा झरेको छ ।

संक्रमितमध्ये १४ सय ९६ जना आइसीयुमा छन् । ति मध्ये ३ सय ८५ जनालाई भेन्टिलेटरमा राखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *