Main News

चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने

हिमालय टिभी
२०७८ जेठ १९ गते ७:२१
चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइने

१९ जेठ २०७८ काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइनेछ । मन्त्रालयका अनुसार ६० देखि ६४ वर्षका नागरिकको संख्या ८ लाख ५४ हजार छ ।

खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ । चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो ।

चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप हिजो काठमाडौं आइपुगेको हो । एक लाख डोज आज आइपुग्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *