Main News

कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु, ६ हजार ८५ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ १८ गते १७:२७
कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु, ६ हजार ८५ संक्रमित थपिए

१८ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण केही कम भए पनि जोखिम भने कायमै रहेको देखिएको छ । संक्रमण दर ३० प्रतिशतको हाराहारीमा रहेकाले जोखिम नघटेको विज्ञको तर्क छ ।

पछिल्लो पटक ६ हजार ८५ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या हिजोको भन्दा धेरै हो । परीक्षणका आधारमा संक्रमणदर पनि ३० प्रतिशत भन्दा माथि छ । यो पनि हिजोको तुलनामा बढी हो ।

पछिल्लो पटक १७ हजार १ सय ४७ पीसीआर परीक्षण गर्दा ५ हजार २ सय ८५ र ३ हजार १८ जनाको परीक्षण गर्दा ८ सय संक्रमित पहिचान भएका छन् ।

एन्टिजेट परीक्षणमा पनि उल्लेख्य रुपमा संक्रमित भेटिएकाले अझै धेरै संक्रमित परीक्षणको दायरा भन्दा बाहिर रहेको पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा हिजोको तुलनामा संक्रमितको संख्या बढी छ । उपत्यकाका तीन जिल्लामा १५ सय ५८ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा १०६०, ललितपुरमा २ सय ८३ र भक्तपुरमा २ सय १५ जना छन् ।

उपत्यका वाहिर मोरङमा २ सय ९१, झापामा २ सय ८२, काभ्रेमा २ सय ३२ र सुनसरीमा २ सय ६ जना संक्रमित थपिएका छन् । संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

यो सँगै मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ। थप ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८९ मा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *