उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेसँग नगद जरिवाना

१८ जेठ २०७८ काठमाडौं । प्रहरीले काठमाडौंमा जारी निषेधाज्ञा उल्लंघन गर्नेलाई नगद जरिवाना तिराउन थालेको छ ।
अत्यावश्यक काम नपरी हिँड्ने तथा बिना पास हिँड्नेलाई जरिवाना तिराउन थालिएको हो । दैनिक एक हजार जनासम्म कारबाहीमा पर्ने गरेको प्रहरीले जनाएको छ।
सरकारले हालै जारी गरेको कोभिड संकट व्यवस्थापन सम्बन्धी अध्यादेशमा निषेधाज्ञा पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
मास्क नलगाइ सार्वजनिक ठाउँमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
अत्यावश्यक बाहेकका गाडी चलाएमा दुई पाङ्ग्रेलाई पटकै पिच्छे दुई हजार रुपैयाँ र अन्य गाडीलाई पटकै पिच्छे पाँच हजार रुपैयाँ जरिवाना हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
तर, अध्यादेशमा तोकिएअनुसार निषेधाज्ञा पालना नगर्नेलाई ठूलो जरिवाना भने नतिराइएको ट्राफिक प्रहरीले जनाएको छ । पास नबोकी हिँड्ने गाडीलाई दिनभरि होल्ड गर्ने गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया