Main News

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

हिमालय टिभी
२०७८ जेठ १८ गते १३:२३
वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

१८ जेठ २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत हुनुभएको छ ।

त्यसका लागि कार्यसंचालन नियमावली संशोधन हुनेछ । यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ ।

सर्वोच्च बारका पदाधिकारीसितको छलफलमा प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा इजलाश गठन गर्ने सहमति जनाएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।

वरिष्ठताका आधारमा गठन गर्दा बस्न नसक्ने न्यायाधीशले कारण पेश गर्नुपर्नेछ भने त्यसपछि रोलक्रममै रहेका न्यायाधीशले मौका पाउनेछन ।

त्यसका लागि एक हप्ताभित्र कार्यसंचालन नियमावली संशोधन हुनेछ । शाक्यका अनुसार आजको संवैधानिक इजलाश स्थगित हुने संभावना छ ।

पछिल्लो सहमतिका विषयमा आजकै इजलासमा जानकारी दिइनेछ । संसद विघटनविरुद्धको मुद्दा हेर्ने इजलासमा तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखिएको कानून व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।

केसी र श्रेष्ठलाई हट्न दबाब छ । तर दुवै जनाले त्यसलाई अस्वीकार गरेपछि न्यायालयमा हलचल मच्चिएको थियो । हिजो १० जना न्यायाधीश छुट्टै छलफलमा समेत जुटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *