Main News

जसपाको ठाकुर पक्ष सरकारमा जान तयार, यादव पक्षले कारबाही गर्ने

हिमालय टिभी
२०७८ जेठ १८ गते ८:५३
जसपाको ठाकुर पक्ष सरकारमा जान तयार, यादव पक्षले कारबाही गर्ने

१८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा जान तयार भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताले बालुवाटारमा हिजो गरेको वार्तापछि सरकारमा जाने बारेमा सहमति बनेको हो । नेता कर्णका अनुसार मुद्दा फिर्ता लगायतका केही विषयमा प्राविधिक कुरा प्रष्ट भयो भने सरकारमा जाने बारेमा अन्तिम टुङ्गो लाग्नेछ ।

प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन र सरकारबाटै चित्त नबुझेका कुराहरुमा सहमतिका लागि पहल गर्न आग्रह गरेको र पार्टीमा थप छलफल गरेर निर्णय लिइने नेता कर्णाले जानकारी दिनुभयो । ८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा सरकारमा जाने सहमति भएको छ ।

सरकारमा सहभागी हुने बिषयलाई लिएर जसपामा विवाद देखिएको छ । उपेन्द्र यादव पक्ष यसअघिदेखि नै सरकारमा जाने विषयको विरोधमा रहेको छ । यादव पक्षका नेता रामसाहय प्रसाद यादवले अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भए एउटै पार्टीमा रहन नसकिने बताउनुभयो ।

ओली नेतृत्वको सरकारमा सहभागी भएमा कारबाही गर्ने चेतावनी यादव पक्षले यसअघि नै ठाकुर पक्षलाई दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *