राष्ट्रपति भण्डारीले विभिन्न देशमा गरेको पत्राचारमाथि उठ्यो यस्तो प्रश्न
१७ जेठ २०७८ काठमाडौं । खोप ल्याउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशमा पत्रचार गरिरहेको विषयमा राजनीतिक दल र नेताहरुले प्रश्न उठाएका छन् ।
उनीहरुले राष्ट्रपतिको सक्रियतालाई गलत भनेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिको नामै नलिई कांग्रेसले यसमा प्रश्न उठाएको छ । कांग्रेस संसदीय दलले गरेको पत्रकार सम्मेलनमा नेता डाक्टर मिनेन्द्र रिजालले यसले सरकारको सोच प्रदर्शित गरेको टिप्पणी गर्नुभयो ।
केही दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराई दिन भन्दै विभिन्न देशमा पत्राचार गरिरहनुभएको छ ।राष्ट्रपतिको यो भूमिकाप्रति पूर्व गृहमन्त्री एवं एमाले नेता भीम रावलले पनि आपत्ति जनाउनुभएको छ ।
रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउनुभएको हो ।
राष्ट्रपतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको रावलको प्रतिक्रिया छ । नेता रावलले राष्ट्रपतिको कदम संविधानविपरीत भएको भन्दै आलोचना गर्नुभएको छ ।
प्रतिक्रिया