Main News

विश्वासको मत नलिइ बजेट प्रक्रिया अघि बढाएकोमा विपक्षीको विरोध

हिमालय टिभी
२०७८ जेठ १७ गते १९:०८
विश्वासको मत नलिइ बजेट प्रक्रिया अघि बढाएकोमा विपक्षीको विरोध

१७ जेठ २०७८ पोखरा । गण्डकी प्रदेशका विपक्षी दलहरुले सरकारले विश्वासको मत नलिइ बजेटको प्रक्रिया अगाडी बढाएको भन्दै सरकारको आलोचना गरेका छन् ।

संवैधानिक रुपमा विश्वासको मत लिने समय बाँकी रहे पनि बजेटलाई ध्यान दिँदै पहिलेनै विश्वासको मत लिन सरकारलाई सुझाव दिनुभयो । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अल्पमतमा परेको सरकारले पूर्ण बजेट ल्याउन पाउँदैन भन्ने मान्यता रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता रामजी बरालले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नैतिकताको राजनीति नगरेको बताउनुभयो ।

वैशाख २७ गते पुनः नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *