Main News

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ज्यान मार्ने उद्योगमा कारबाही सिफारिस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १७ गते १९:०५
स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई ज्यान मार्ने उद्योगमा कारबाही सिफारिस (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७८ बाँके । छानबिन समितिले नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण र हातपात गर्नेलाई ज्यान मार्ने उद्योगको अभियोगमा कारबाहीका लागि सिफारिस गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा गठित ७ सदस्यीय छानबिन समितिले घटनामा संलग्नलाई ज्यान मार्ने उद्योगको अभियोगमा कारबाहीका लागि सिफारिस गरेको हो ।

छानबिन समितिले घटनाको स्थलगत अध्ययन, संलग्न ब्यक्तिहरुसँग सोधपुछ, घटनास्थलको सिसिटिभी फुटेज लगायत अन्य सरोकारवाला ब्यक्तिहरुसँगको छलफलपछि प्रतिवेदन तयार पारेर बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई बुझाएको छ ।

भेरी अस्पतालका चिकित्सक र स्टाफ नर्सहरुले ड्युटीमा रहेका बेला दाङ तुल्सीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावतले आक्रमण गरेको घटनाका पीडित स्वास्थ्यकर्मीहरुको जाहेरीका आधारमा बाँके प्रहरीले तीनै जना अभियुक्तलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेर अनुसन्धान गरिरहेको छ ।

भेरी अस्पतालका स्टाफ नर्स सदीक्षा गैरे , अस्विीनी गुरुङ, रीता भन्डारी भावना श्रेष्ठ , कविता पुन, चन्द्र प्रकाश शाहु, दीपक गुप्ता र समा अन्सारीमाथि जेठ १३ गते राती आक्रमण भएको थियो ।

घटनाको छानबनिका लागि बाँकेका प्रजिअ गेलालले १३ गते राती नै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानबिन गठन गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *