Main News

थप १ सय १४ जना संक्रमितको मृत्यु, ४ हजार ७ सय ६२ संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ १७ गते १७:५२
थप १ सय १४ जना संक्रमितको मृत्यु, ४ हजार ७ सय ६२ संक्रमित थपिए

१७ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ, तर मृत्युदर भने स्थिर देखिएको छ ।

पछिल्लो पटक ४ हजार ७ सय ६२ नयाँ संक्रमित भेटिँदा १ सय १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो परीक्षणको आधारमा संक्रमणदर २७ दशमलव २४ प्रतिशत हो । यस अघि हिजो १० हजार ९ सय ८६ पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र एक हजार सात सय ८४ एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो परीक्षणको आधारमा संक्रमणदर ३४ दशमलव २१ प्रतिशत हो । हिजोको तुलनामा परीक्षण बढे पनि आज भने संक्रमणदर कम देखिएको छ ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा १ हजार २ सय ६३ नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ८ सय ९०, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय २१ नयाँ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । उपत्यका बाहिर सबैभन्दा धेरै मोरङमा २ सय ५२ संक्रमित भेटिएका छन् ।

त्यस्तै धादिङमा २ सय २० संक्रमित थपिएका छन् । पछिल्लो पटक ६ हजार ४ सय ९१ जना संक्रमणमुक्त भएका छन् । देशभर १ लाख ६ हजार ४ सय ७० सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *