Main News

कांग्रेसले एमाले र जसपा फुटाउन खोजेको मन्त्री ढकालको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १७ गते १६:३१
कांग्रेसले एमाले र जसपा फुटाउन खोजेको मन्त्री ढकालको आरोप (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७८ काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकालले नेपाली कांग्रेसमाथि एमाले र जनता समाजवादी पार्टी फूटाउन खोजेको आरोप लगाउनुभएको छ ।

आगामी चुनावलाई लक्षित गरी एमाले र जसपा फूटाउन कांग्रेस सभापति शेरबहादु देउवाले प्रधानमन्त्रीमा दावी गरेको मन्त्री ढकालको आरोप छ । संक्षिप्त कुरा गर्दै मन्त्री ढकालले कांग्रेसले घर झगडा गराएर फाइदा लिन खोजेको टिप्पणी गर्नुभयो ।

संविधानको धारा ७६ को उपधारा ५ लाई निर्दलीय बनाएर कांग्रेसले दलीय व्यवस्था र लोकतन्त्र विरोध क्रियाकलाप गरेको पनि मन्त्री ढकालको आरोप छ ।

संविधानको धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत नलिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रक्रिया पुर्याएर संसद विघटन गरेको मन्त्री ढकालले दावी गर्नुभयो ।

ताजा जनादेशमा जानुको विकल्प छैन भन्दै मन्त्री ढकालले चुनावमा जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *