Main News

राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डेय निर्वाचित, एमालेका खड्का पराजित

हिमालय टिभी
२०७८ जेठ १७ गते १६:२३
राष्ट्रियसभामा विपक्षी गठबन्धनका पाण्डेय निर्वाचित, एमालेका खड्का पराजित

१७ जेठ २०७८ दाङ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ ।

पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गर्नुभयो नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाउनुभएको छ । पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो ।

पाण्डे यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुनथ्यो । तर उहाँ सांसदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म तोकिएको समयमा स्थानीय तहका तीन जनप्रतिनिधिले मतदान गरेनन् ।

नेपालगञ्ज उपमहानगरपालिका मेयर धवल शम्शेर राणाले आफ्नो प्राथमिकता कोरोना नियन्त्र‌‌ण हो चुनाव होइन भन्दै बहिष्कार गर्नु भएको हो ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोक थापा काठमाडौंमा र बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह भारतमा उपचार गराइरहेकाले मतदानमा सहभागी नभएको निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिनुभयो ।

८३ जना प्रदेश सांसदले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मध्ये २१४ जनाले मतदान गरेका छन ।

राष्ट्रिय सभा चुनावमा प्रधानमन्त्री ओलीलाई यो दोस्रो धक्का हो । यसअघि निवर्तनमान गृहमन्त्री रामबहादुर थापा पनि पराजित हुनुभएको थियो ।

दुवै पराजयमा एमालेकै नेपालद्दखनाल समूह निर्णायक बन्यो । बागमतीमा नेपालखनाल समूहले विपक्षी गठबन्धनसित मिलेर आफ्ना उम्मेदवार डाक्टर खिमलाल देवकोटालाई जिताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *