Main News

चीनले अनुदानमा दिने खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने निर्णय

हिमालय टिभी
२०७८ जेठ १७ गते १५:१७
चीनले अनुदानमा दिने खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने निर्णय

१७ जेठ २०७८ काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिन लागेको १० लाख डोज खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिन निर्णय भएको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार चीनबाट आउने थप १० लाख भेरोसेल खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई दिईनेछ ।

भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान आज राति चीनको बेइजिङ जाँदैछ र यो खोप भोली नेपाल आइपुग्नेछ । चीनले १० लाख डोज दिने भने पनि अहिले तयार रहेको ८ लाख डोज मात्रै नेपाल ल्याइने महाशाखाका प्रमुख डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

चीन सरकारले १० लाख उपलब्ध गराउने निर्णय गरेको थियो । चीनले यसअघि अनुदानमा ८ लाख डोज खोप दिएको थियो । ति खोप लगाइसकिएको छ ।

सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई दिएको थियो। कोभिशिल्ड लगाएका मध्ये करिब ९ लाख जेष्ठ नागरिकले दोस्रो डोजको खोप अझै लगाउन पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *