Main News
मन्त्रिपरिषद् बैठक साँझ बस्दै
२०७८ जेठ १७ गते १५:१४

१७ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ।
प्रधानमन्त्री निवासमा साँझ ५ बजेका लागि बैठक बोलाइएको हो । मन्त्रिपरिषद्को नियमित बैठक भएपनि प्रधानमन्त्री ओलीले आज केही राजनीतिक निर्णय सुनाउने तयारी गर्नुभएको छ ।
सकारका नियमित गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । त्यस्तै राजपा नेपालसँगको सत्ता साझेदारीका विषयमा जानकारी गराउने तयारी छ ।
राजपा नेपालसँगको साझेदारीका लागि केही मन्त्री हटाउनुपर्ने र केहीको जिम्मेवारी समेत हेरफेर हुने भएकाले बैठकमा प्रधानमन्त्री ओलीले सो जानकारी दिन लाग्नुभएको हो ।
प्रतिक्रिया