Main News

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदै

हिमालय टिभी
२०७८ जेठ १७ गते ८:२६
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदै

१६ जेठ २०७८ काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन आज हुँदैछ।

अहिले बिहान ९ बजेदेखि हुने उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार हुनुहुन्छ ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको सबै तयारी पूरा भएको छ। राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ। निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ ।

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिनुभयो । निर्वाचनमा कुल तीन सय मतदाता छन्। जसमा प्रदेश सांसदको संख्या ८३ छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन्।

उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन्।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *