Main News

लुम्बिनी प्रदेश राष्ट्रिसभा उपचुनावमा चार मन्त्रीले मत दिन पाउने

हिमालय टिभी
२०७८ जेठ १६ गते १८:४०

१६ जेठ २०७८ रुपन्देही । लुम्बिनी प्रदेशमा भोलि हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो ।

लुम्बिनी प्रदेश सरकारका मन्त्रीसमेत रहेका उहाँहरुलाई आयोगले पूरक मतदाता भनेको छ । लुम्बिनी प्रदेशको दाङमा भोलि बिहान ९ बजे ३ बजेसम्म मतदान हुने छ । र त्यस लगत्तै मतगणना गरिने छ ।

यो राष्ट्रिय सभा सदस्यका लागि ८३ जना प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख(उपप्रमुख २ सय १७ जना गरी ३ सय जना मतदाता छन् । मतदान गर्नेले कोरोना पीसीआर रिपोर्ट लिएर जानु पर्ने छ ।

कोरोना संक्रमितका लागि छुट्टै स्थानमा मत दिने व्यवस्था गरिएको छ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजनाको उम्मेदवारी परेको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *