Main News

कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु, ४३६९ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ जेठ १६ गते १६:४६
कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु, ४३६९ जना संक्रमित थपिए

१६ जेठ २०७८ काठमाडौं । पछिल्लो पटक कोरोना संक्रमणबाट एक सय ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार दुई सय ७२ पुगेको छ ।

थप ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र एक हजार सात सय ८४ एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

काठमाडौं उपत्यकामा एक हजार ९३ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८ सय ४, ललितपुरमा १ सय ७६ र भक्तपुरमा १ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एक हजार पाँच सय ४५ जनाको आईसीयू र ४ सय ७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । पछिल्लो पटक ६ हजार दुई सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *