राजनीति

प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई भन्नुभयो – शरम लाग्दैन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १६ गते १६:२२
प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई भन्नुभयो – शरम लाग्दैन ? (भिडियो रिपोर्टसहित)

१६ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोर क्रस गरेर नेकपा एमालेको नेपाल खनाल समूहले राजनीतिलाई विकृत बनाएको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–खनाल समूहका गतिविधि देशका विरुद्ध भएको र ती ठुलो अनिस्टको संकेत भएको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरुले न्याय र समानताका लागि लड्नुपर्नेमा केही राजनीतिक दलको नेतृत्व तह नै त्यसविरुद्ध उत्रने गरेको आरोप लगाउनुभयो । उहाँले अर्काको दुःखमा रमाउने प्रवृतिको विगविगी गम्भिर चिन्ताको विषय भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आचरणहीन र परपीडकले आफुलाई विद्वान ठान्ने गरेको देखेर आफुलाई दुःख लागेको टिप्पणी गर्नुभयो ।

हरेक नेपाली सुखी र समृद्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सामाजिक समानता आवश्यक पर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्