ओली सरकार देशलाई यसरी ऋणमा चुर्लुम्म डुबाउँदै
१६ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि सरकारले पौने आठ खर्ब रुपैयाँ ऋण लिएको छ ।
ओली प्रधानमन्त्री नियुक्त हुँदा फागुन २०७४ मा नेपालको सार्वजनिक ऋण आठ खर्ब ४३ अर्ब रहेकोमा त्यसको तीन वर्षपछि २०७७ फागुनमा बढेर १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।
ऋण बढाएको तर उल्लेख्य विकास निर्माण नभएको भनेर आलोचना भइरहेका बेला सरकारले आउँदो आर्थिक वर्षका लागि पनि साढे पाँच खर्ब रुपैयाँ ऋण लिने गरी बजेट सार्वजनिक गरेको छ ।
आउँदो वर्षका लागि विनियोजन भएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटको स्रोत जुटाउन सरकारले साढे पाँच खर्ब रुपैयाँ ऋण लिने भएको छ ।
राजस्व र वैदेशिक अनुदानबाट अपुग पाँच खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिने भएको छ । यसमध्ये वैदेशिक ऋण तीन खर्ब नौ अर्ब २९ करोड रुपैयाँ र आन्तरिकतर्फ दुई खर्ब ५० अर्ब रुपैयाँ बेहोरिने बजेटमा उल्लेख छ ।
देश संघिय गणतन्त्र व्यवस्थामा गएपछि देशको राजस्व ले चालु खर्च धान्न छोडेको छ। देशको चालु खर्च प्रदेश ले आफ्नो पुलिस र कर्मचारी राखेपछि अझ बढ्ने छ। यो अवस्था जुनसुकै पार्टी को सरकार बनेपनि घट्ने वाला छैन। देश को ऋण बढ्नु मा सम्पूर्ण गणतन्त्र प्रेमी नेता हरु दोषी छन्।