Main News

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण

हिमालय टिभी
२०७८ जेठ १५ गते १८:५१
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण

१५ जेठ २०७८ काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ सम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै स्नातक र सो भन्दा माथिको अध्ययन गर्ने विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिने घोषणाा गर्नुभएको हो । यो ऋणको ब्याजदर अधिकतम ५ प्रतिशत मात्र हुनेछ ।

सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउन एक थान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म ऋण दिने छ । १ प्रतिशत ब्याजमा यस्तो ऋण २ वर्षसम्मका लागि पाइने छ ।

त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निस्शुल्क उपलब्ध गराइने अर्थमन्त्री पौडेलले घोषणा गर्नुभएको छ । यस्तै सरकारले सामुदायिक विद्यालयमा ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने घोषणा पनि बजेटमा गरेको छ ।

आगामी दुई बर्ष भित्र देशभरका सबै सार्वजनिक विद्यालयमा निःशुल्क इन्टरनेट जडान गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *