Main News
पत्रकारको ७ लाखको दुर्घटना बीमा, निःशुल्क उपचारको व्यवस्था
२०७८ जेठ १५ गते १८:३२

१५ जेठ २०७८ काठमाडौं । सरकारले पत्रकार महासंघको सदस्यता लिएका पत्रकारलाई निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८–७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पत्रकारका लागि निशुल्क उपचार सहितका व्यवस्था गरिएको जानकारी दिनुभएको हो ।
श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम सरकारले बेहोर्ने घोषणा पनि गरिएको छ ।
यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ ।
प्रतिक्रिया