Main News

चुनाव हुँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको प्रधानमन्त्री ओलीको गुनासो

हिमालय टिभी
२०७८ जेठ १५ गते १३:०९
चुनाव हुँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको प्रधानमन्त्री ओलीको गुनासो

१५ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गर्नु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताउनुभयो ।

निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उहाँले कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको बताउनु भयो । चुनाव हुँदैन भन्ने दुश्प्रचारको भ्रममा नपर्न पनि उहाँले आह्वान गर्नुभयो ।

त्यस्तै उहाँले सरकारका हरेक पाइलामा व्यवधान, घेराबन्दी र विरोधको मात्र सामना गर्नु परिरहेको बताउनुभयो।

जनताका लागि भन्दा पनि सत्ताआ‌कांक्षी समूहले मुलुकको लोकतान्त्रिक प्रणालीको दुरुपयोग भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *