Main News

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

हिमालय टिभी
२०७८ जेठ १५ गते ८:१८
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

१५ जेठ २०७८ काठमाडौं । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ ।

आज आरोहणको आधारमा ६८ औं सगरमाथा दिवस तथा १४ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पूरा भएको छ ।

सन् १९ सय ५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । नेपालमा भने विक्रम संवत् २ हजार ६४ सालदेखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

यस वर्ष कोरोना महामारीकै बीचमा पनि सगरमाथा आरोहण भइरहेको छ ।

सगरमाथा आरोहणको ६८ वर्षे इतिहासमा झण्डै सात हजारले सगरमाथा शिखरमा पुगिसकेका पर्यटन विभागको तथ्यांकमा उल्लेख छ । सगरमाथाको उचाई ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *