Main News

कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो

हिमालय टिभी
२०७८ जेठ १४ गते १९:४९
कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो

१४ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । पछिल्लो पटक संक्रमणबाट थप ९६ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयले यो सँगै मृतकको संख्या ७ हजार ४७ पुगेको जनाएको छ । पछिल्लो पटक संक्रमणदर र मृत्यु भने घटेको छ । थप ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

१९ हजार ३ सय १३ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ८ सय ५५ र ७ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा २३ सय २४ संक्रमित थपिएका छन् ।

ति मध्ये काठमाडौंमा १७ सय ९६, ललितपुरमा ३ सय १५ र भक्तपुरमा २ सय १३ जना छन् । काभ्रेमा ३ सय ९२, सिन्धुपाल्चोकमा २ सय ५६ जना, झापामा २ सय २६ र रुपन्देहीमा २ सय ११ जना संक्रमित थपिएका छन् ।

यस्तै कास्कीमा १ सय ८९, ओखलढुंगा र सुनसरीमा १ सय ७० र चितवनमा १ सय ५१ जनामा संक्रमण देखिएको छ । पछिल्लो पटक संक्रमण मुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै छ ।

थप ९ हजार ४ सय ४१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमण शुरु भएयता एकैदिन संक्रमणमुक्त भएको यो अहिलेसम्मकै धेरै हो । अब १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन् ।

देशका विभिन्न अस्पतालमा १६ सय २७ जनाको आइसीयू र ४ सय ५० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *