Main News

मन्त्री राईले कोरोनाविरुद्धको खोप लुकाएर निकटकालाई दिएपछि लफडा

हिमालय टिभी
२०७८ जेठ १४ गते १९:३६
मन्त्री राईले कोरोनाविरुद्धको खोप लुकाएर निकटकालाई दिएपछि लफडा

१४ जेठ २०७८ काठमाडौं । प्रदेश एकका सामाजिक विकास मन्त्री उषाकला राईले आफु निकटका मान्छेलाई लुकाएर कोभिसिल्ड खोपको दोस्रो डोज दिएको थाहा पाएपछि लफडा भएको छ ।

मन्त्री राई निकटका मान्छे, र केही उद्योगी व्यवसायी र कर्मचारीलाई खोप दिएको थाहा पाएपछि विराटनगरमा स्थानीय बासिन्दाले विरोध गरेका छन् । विरोधपछि खोप कार्यक्रम बिथोलिएको छ ।

विराटनगरको तीन पैनी चोक स्थित सिटी सिनेमा हलमा करिब ३ सय जनालाई खोप लगाउने कार्यक्रम थियो । २ सय भन्दा बढीलाई लगाएपछि स्थगित भएको छ ।

स्थानीयले मन्त्रालयको खोप बोक्ने गाडी १ घण्टाजति सिनेमा हलकै प्राङ्गणमा रोकेर राखेका थिए । खोप लगाउन मन्त्री राईले व्यक्तिगत रूपमा निम्त्याएका बिराटनगरका प्रतिष्ठित उद्योगी व्यापारी, एमालेका कार्यकर्ता र केही कर्मचारी पुगेका थिए । खोपबारे स्थानीय जनप्रतिलाई भने जानकारी दिइएको थिएन ।

खोप प्राविधिक हरि घिमिरेले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको निर्देशन अनुसार खोप लगाउन सिटी सिनेमा पुगेको बताउनुभयो ।

खोपका लागि सरकारी ठाउँ र स्वास्थ्य केन्द्र हुँदाहुँदै निजी क्षेत्रको सिनेमा हललाई रोजिएकोमा पनि प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *