Main News

छत्रपाटीमा निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालन

हिमालय टिभी
२०७८ जेठ १२ गते १८:३३
छत्रपाटीमा निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालन

१२ जेठ २०७८ काठमाडौं । काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

काठमाडौँ महानगरको सहयोगमा सञ्चालन गरिएको यो कोभिड उपचार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेड छ ।

कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैया र मासिक सञ्चालन खर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ उपलब्ध गराउने छ ।

महानगरले सहयोग स्वरुप प्राप्त भएका २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ भने ३ वटा भेन्टिलेटरको रकम भुक्तानी गर्ने छ । अस्पतालका निर्देशक डाक्टर प्रेमलकुमार जोशीकाअनुसार अस्पतालले निशुल्क उपचार सेवा प्रदान गर्ने छ ।

यस्तै काठमाडौंको मरुमा शान्ति निकुञ्ज स्कूलमा स्थानीय बासिन्दा र संघसंस्था मिलेर १० बेडको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । घरमा बस्ने ठाउँ नभएका कोरोना संक्रमितले यो आइसोलेशन सेन्टरमा आएर बस्न सक्ने छन् ।

यहाँ बस्नेहरुलाई खाना तथा अन्य आवश्यक सुविधा निशुल्क उपलब्ध गराइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *