Main News

कोरोनाको दोस्रो लहर नियन्त्रणको दिशामा गएको प्रधानमन्त्री ओलीको दाबी

हिमालय टिभी
२०७८ जेठ १२ गते १८:२३
कोरोनाको दोस्रो लहर नियन्त्रणको दिशामा गएको प्रधानमन्त्री ओलीको दाबी

१२ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणको दिशामा गएको र उपचारका लागि स्वास्थ्य उपकरणको कुनै कमी नभएको दावी गर्नुभएको छ ।

बुद्ध जयन्तीका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले अब अक्सिजन, भेन्टिलेर र अस्पतालमा शैयाको कुनै अभाव नभएको दावी गर्नुभएको हो । कोरोनाको दोस्रो लहर पनि नियन्त्रणको दिशामा रहेको उहाँले बताउनुभयो ।

कोरोना संक्रमण बढेकोले नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याउने प्रशासनले निर्णय गरेको अर्को दिन प्रधानमन्त्रीको दावी आएको हो ।

उपत्यकामा पर्सिदेखि किराना पसल समेत खोल्न रोक लगाइएको छ । प्रधानमन्त्री ओलीले खोप पनि छिट्टै ल्याएर लगाउने बताउनुभयो ।

सरकारका प्रयासमा विश्वास गर्न र साथ दिन पनि उहाँले सबै नागरिकलाई अपील गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *