Main News

चीनद्वारा नेपाललाई तत्काल दश लाख डोज खोप दिने घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १२ गते १८:०५
चीनद्वारा नेपाललाई तत्काल दश लाख डोज खोप दिने घोषणा (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवाद लगत्तै चिनियाँ समकक्षी सी जिनपिङले नेपाललाई खोप दिने घोषणा गर्नुभएको हो । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप खोप दिने नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभयो ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले नेपाललाई दिनेछ । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच ४० मिनेट टेलिफोन वार्ता भए लगत्तै चीनले सहयोगको घोषणा गरेको हो ।

भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकारले सहयोग गरेकोमा धन्यवाद दिँदै अहिले नेपाललाई थप खोप आवश्यक रहेकाले खरिदका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको थियो ।

जवाफमा राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको बताउँदै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको राष्ट्रपतिका संचार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

त्यस लगत्तै खोप दिने घोषणा भएको हो । खोपका लागि सक्रियता देखाउने क्रममा राष्ट्रपतिले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पनि पत्राचार गर्नुभएकोछ । परराष्ट्र मन्त्रालयमा पठाइएको पत्र आज भारत पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *