Main News

नेपालद्वारा कोभिडविरुद्ध चिनियाँ सहयोगप्रति आभार व्यक्त, थप सहयोगको अपेक्षा

हिमालय टिभी
२०७८ जेठ १२ गते १७:४०
नेपालद्वारा कोभिडविरुद्ध चिनियाँ सहयोगप्रति आभार व्यक्त, थप सहयोगको अपेक्षा

१२ जेठ २०७८ काठमाडौं । नेपाल सरकार र राजनीतिक दलहरुले कोरोना संक्रमणविरुद्धको लडाईंमा चिनियाँ सहयोगप्रति आभार व्यक्त गर्दै थप खोपको अपेक्षा गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको अन्तर्राष्ट्रिय विभागले गरेको भर्चुअल संवादमा नेपालका नेताले कोरोना महामारीविरुद्धको लडाईंमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिँदै अझै सहयोग गर्न आग्रह गरेका छन ।

सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले कोरोना महामारी विश्वव्यापी संकट भएको बताउँदै सबै मुलुक मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।

सोङ थाओले जनताको जीवन प्राथमिकतामा राख्न, चुनौतीको सामनाका लागि एकीकृत समन्वय गर्न, मन मन जोडेर शक्तिका साथ जुट्न र दृढ योजना अघि सार्न सुझाव दिनुभएको छ ।

उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वास्थ्य सामग्री, खोप र अक्सिजन प्लान्ट सहयोग गरेकामा आभार व्यक्त गर्दै कोरोना नियन्त्रणका लागि नेपाललाई अझै सहयोग चाहिएको बताउनुभयो । पोखरेलले संक्रमणदर केही घट्दै गएपनि कोरोनाको दोश्रो लहर निकै घातक रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कोरोना महामारीको अवस्था भयावह भएकाले चीनबाट कोरोनाविरुद्धको थप खोप अपेक्षा गरेको बताउनुभयो । महामारीपश्चातको आर्थिक पुनरुत्थानमा पनि चिनियाँ सहयोग चाहिने प्रचण्डले बताउनुभयो ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पनि चीनबाट थप सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *