Main News

खराब मौसमका कारण सगरमाथा आरोहण दलका सबै यात्रा स्थगित

हिमालय टिभी
२०७८ जेठ १२ गते १३:५३
खराब मौसमका कारण सगरमाथा आरोहण दलका सबै यात्रा स्थगित

१२ जेठ २०७८ काठमाडौं । मौसम खराव भएसँगै सगरमाथा क्षेत्रमा भारी हिमपात भएसँगै आरोहण दलका सबै यात्रा स्थगित भएको छ ।

हिजो रातिदेखि जारी हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण रोकिएको छ ।

सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहीहरु पनि फर्किएका छन् । आरोहण दल क्याम्प टूमा आएर बसेको गौतमले जानकारी दिनुभयो ।

क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीस जना भन्दा बढी क्याम्प टुमा आएका हुन् । अल्पाइन एशोसियसन र पीक प्रमोसन लगायतका कम्पनीबाट आरोहण गर्न गएको समूह क्याम्प टू फर्केको हो ।

यस्तै सगरमाथा आधार शिविरमै रहेका नेपाली सेनाको ‘सफा हिमाल २०२१’ अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले हिजैबाट सगरमाथा क्षेत्रको मौसम खराब भएको बताउनुभयो ।

बङ्गालको खाडीबाट विकसित न्यून(चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएसँगै सगरमाथामा हिमपात भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *