Main News

कोरोना रोकथामका लागि स्वास्थ्य संकटकाल घोषणाको तयारीमा सरकार

हिमालय टिभी
२०७८ जेठ १२ गते ७:३५
कोरोना रोकथामका लागि स्वास्थ्य संकटकाल घोषणाको तयारीमा सरकार

१२ जेठ २०७८ काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ । पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्देशक समितिको बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

स्वास्थ्य आपत्काल घोषणा गर्न मिल्ने कानूनी प्रबन्धसहित सरकारले गत बिहीबार मात्रै कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेको थियो । महामारी रोक्न स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने निष्कर्षसहित स्वास्थ्य मन्त्रालयले आपत्कालसम्बन्धी मापदण्डको मस्यौदा अर्थ मन्त्रालय पठाइसकेको छ ।

अध्यादेशले सिसिएमसी पुनर्गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई प्रतिकार्य अधिकारीको अधिकार दिएको छ । प्रमुख जिल्ला अधिकारीहरूले अध्यादेशमा भएको व्यवस्थाअनुसार निषेधाज्ञा उल्लंघन गर्नेसँग जरिवाना असुल गर्न सर्कुलर जारी गरिसकेका छन् ।

यसअघि सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्देशक समिति पुनर्गठन गरेर प्रधानमन्त्रीको नेतृत्व रहने व्यवस्था गरेको छ । त्यस्तै, सिसिएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ ।

निर्देशक समिति र सीसीएमसीका पदाधिकारी सम्मिलित बैठक खोप आयात, युनिफाइड केन्द्रीय अस्पताल सञ्चालन, स्वास्थ्य सामग्री खरिदसँगै एकीकृत उपचार प्रणालीका विषयमा छलफल भएको स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठीले जानकारी दिनुभयो ।

यसअघि गत चैत १६ मा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा सिसिएमसी निर्देशक समिति गठन गरेको थियो ।

प्रतिक्रिया

One thought on “कोरोना रोकथामका लागि स्वास्थ्य संकटकाल घोषणाको तयारीमा सरकार

Leave a Reply to Ashok Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *