कोरोना संक्रमणबाट थप १६९ जनाको मृत्यु, ८ हजार ६ सय ३६ संक्रमित थपिए
११ जेठ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट थप १ सय ६९ जनाको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुनेको कुल संख्या ६ हजार ७ सय पुगेको छ ।
पछिल्लो पटक ८ हजार ६ सय ३६ जनामा संक्रमण देखिएको छ । २२ हजार ३ सय ६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ६ सय ३६ र ६ सय ३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौं उपत्यकामा २ हजार ६ सय १३ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १ हजार ८ सय ६३ ललितपुरमा ४ सय ३२ र भक्तपुरमा ३ सय २३ जनामा संक्रमण देखिएको छ ।
उपत्यका बाहिर कास्कीमा ५ सय ७८ मोरङमा ४ सय १७ कैलालीमा ३ सय ७५ र काभ्रेमा ३ सय २८ जनामा संक्रमण देखिएको छ । यसै गरी सिन्धुपाल्चोकमा २ सय ७१ र सुनसरीमा २ सय ६७ जनामा संक्रमण देखिएको छ ।
आज सबै भन्दा धेरै बागमती प्रदेशमा ४ हजार ३० र सबै भन्दा कम कर्णाली प्रदेशमा २ सय ३२ जनामा संक्रमण देखिएको छ । हाल देशभर १ लाख १७ हजार २ सय ६१ जना संक्रिय संक्रमित रहेकोमा १ लाख १० हजार भन्दा धेरै होम आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभरका अस्पतालमा १६ सय ७२ जनाको आइसीयू र ४ सय ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो पटक ६ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया