Main News
नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना पुष्टि
२०७८ जेठ ११ गते १७:१६
![नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना पुष्टि](https://www.himalayatv.com/wp-content/uploads/2021/05/bal-mandir.jpg)
११ जेठ २०७८ काठमाडौं । नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको छ । यस्तै सिफलका बालबालिकालाई आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने र अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको अध्यक्ष न्यौपानेले जानकारी बताउनुयभो ।
नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया