Main News

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता

हिमालय टिभी
२०७८ जेठ ११ गते १६:५९
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता

११ जेठ २०७८ काठमाडौं । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ ।

त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

संसद विघटन असंवैधानिक भएकोले पूनस्थापना गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १ सय ४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *