पूर्वसभामुखहरुसँगको छलफलमा सभामुख सापकोटा
११ जेठ २०७८ काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्था र भावी कदमबारे आज पूर्व सभामुखसँग परामर्श गर्दै हुनुहुन्छ ।
सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वरमा पूर्व सभामुखहरूलाई छलफलका लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ ।
दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछिको राजनीतिक अवस्थाका बारे छलफल केन्द्रित रहने बताइएको छ । छलफलमा २ हजार ४८ सालपछिका सभामुखहरू दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती र कृष्णबहादुर महरालाई बोलाइएको छ ।
संविधानसभाका अध्यक्ष नेम्वाङ भने बैठकमा नजाने हुनुभएको छ । गएको शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गर्दै मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेता एवं संविधानविद्सँग परामर्श गर्दै आउनुभएको छ ।
प्रतिक्रिया