Main News

उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ एक साता थपिँदै, तीन जिल्लाका सीडीओको बैठक आज

हिमालय टिभी
२०७८ जेठ ११ गते ७:५०
उपत्यकामा निषेधाज्ञा थप कडाइका साथ एक साता थपिँदै, तीन जिल्लाका सीडीओको बैठक आज

११ जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्नेबारे निर्णयका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्दैछ ।

भाइरस संक्रमणदर स्थिर रहेकाले पुन एक साता निषेधाज्ञा थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

सर्वसाधारणको आवतजावत घट्न नसक्दा संक्रमण दर स्थिर रहेको प्रमुख जिल्ला अधिकारीको तर्क छ । निषेधाज्ञा थप्नका लागि आज उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने छ । आजको बैठकले निषेधाज्ञा थप सहित अन्य केही थप आदेशहरु जारी हुने छन् ।

सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्न भएकाले निषेधाज्ञालाई कडाइका साथ थप्ने तयारी भएको हो ।

अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *