कानूनविद्का कुरा : संसद पुनर्स्थापना हुनेमा ढुक्क छौं (भिडियो रिपोर्टसहित)

१० जेठ २०७८ काठमाडौं । कानूनविद्हरुले संसद पुनर्स्थापना हुने दावी गरेका छन् । संसद पुनर्स्थापनाको माग गर्दै पाँच दलले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रतिक्रिया दिँदै उनीहरुले संविधानको उल्लंघन गरेकाले पुनर्स्थापना हुने दावी गरेका हुन् ।
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले मध्यरातमा गरिएको विघटन असंवैधानिक भएकोले संसद पुनर्स्थापना हुने बताउनुभयो ।
अधिवक्ता कृतिनाथ शर्मा पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले अघिल्लो पटकको नजिर र संवैधानिक आधारमै संसद पुनर्स्थापना हुने दाबी गर्नुभयो ।
बिडारीले अहिलेको संसद मात्रै होइन, कुनै पनि संसद नचाहेकाले संसद विघटन गरेको दावी गर्नुभयो ।
शुक्रबार मध्यराति राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन गरी चुनाव घोषणा गरिएपछि त्यसको विरोध भैरहेको छ ।
प्रतिक्रिया